‘युद्ध कमान्डर’ दोस्रो पटक उपराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

‘युद्ध कमान्डर’ दोस्रो पटक उपराष्ट्रपति

nanda bdr pun

काठमाडौं, ५ चैत । ‘जनयुद्ध’को ‘युद्ध कमान्डर’का रूपमा सधैं अग्रपंक्तिमा रहेका नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आइतबार उनलाई उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको प्रमाणपत्र दिएको छ । उनले सोमबार अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनेछन् । यसअघि आयोगले उपराष्ट्रपति निर्वाचनको मिति ९ चैतलाई तोकेको थियो । तर एक मात्रै उम्मेदवार भएकाले उपराष्ट्रपति आइतबारै निर्वाचित भएको घोाषणा गरिएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ अनुसार उनी उपराष्ट्रपति निर्वाचित भएको आयोगले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि एक जना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिएबमोजिम घोषणा गर्ने व्यवस्था रहेको छ ।

उपराष्ट्रपतिमा निर्वाचित पुनमा परिपक्व तयारी र हिम्मतसाथ लडाइँको नेतृत्व गर्ने कौशलता छ । उनको नेतृत्वमा भएको कुनै पनि लडाइँ हारिएको थिएन । १ फागुन २०५२ मा होलेरी आक्रमणमा सहकमान्डरबाट सुरु लडाइँपछि उनी प्रमुख कमान्डर भएर लडे ।

प्रहरीमाथि भएको रोल्पाको होलेरी दोस्रो, जेलबाङ, घर्तीगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट आक्रमण उनकै नेतृत्वमा भएका थिए । शान्तिप्रक्रिया टुंग्याउन पुनको संयमताले धेरै काम गरेको थियो । शान्तिप्रक्रिया जारी रहँदा उनले तत्कालीन जनमुक्ति सेनालाई संयमसाथ जिम्मेवार बनाएर राखेका थिए ।शान्तिप्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघअन्तर्गतको जीएमसीसीको भाइस कमान्डर रहेर काम गर्ने क्रममा उनले जर्मनी, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्डलगायतका मुलुक पुगेर नेपालको शान्तिप्रक्रियाबारे प्रवचन दिएका थिए ।

नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने सोचाइले उनमा राष्ट्रिय भाव धरै भएको स्पष्ट हुन्छ । १७ जेठ २०६९ मा दुवै मिर्गौला काम नलाग्ने भएर विदेश उपचार गर्न लैजाने पार्टीको प्रस्ताव अस्वीकार गर्दै उनले नेपालमा नै उपचार गराए । नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेश गएर उपचार नगर्ने भनी अस्पतालको बेडबाटै घोषणा गरेका उनलाई चिकित्सकले समेत जटिल भएको बताएका थिए । नेपालका अस्पताल र चिकित्सकप्रति आफ्नो पूर्ण विश्वास रहेको उनी बताउने गर्दछन् ।

नयाँ संविधान जारीपछि १४ कात्तिक २०७२ मा व्यवस्थापिका संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा पुन उपराष्ट्रपतिमा निर्वाचित भए । आफ्नो कायकालमा उनी कुनै पनि विवादमा आएनन् । उनले यसबीचमा नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई बलियो बनाउन र बलियो राष्ट्रिय एकताका लागि निरन्तर जोड दिए । उपराष्ट्रपतिमा दोहोरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा पुनलाई दाहोर्याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए । सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छन् । अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कूटनीतिक नियोगहरूसँग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने विश्वास पार्टीहरूले लिएका छन् ।

को हुन् पुन
नन्दकिशोर पुन राङ्सी–९, रोल्पामा ७ कात्तिक २०२२ मा बाबु रामसुर र आमा मनसरा पुनको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएका हुन् । उनी बाबुआमाका पाँच छोरामध्ये माइला हुन् ।

आठ वर्षको हुँदा स्कुल भर्ना भएका उनले सदरमुकाम लिबाङस्थित बालकल्याण माविबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । २०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट उच्चशिक्षा हासिल गरेका उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । औपचारिक शिक्षाबाहेक उनले सैन्यविज्ञान, राजनीति दर्शन अध्ययन गरेका छन् ।

२०३७ सालमा अनेरास्ववियु छैटौंको इकाइ अध्यक्ष भएका पुन लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय भएका थिए । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उनी मसाल समूहको अध्यक्ष भए । बाल्यकालदेखि नै लडाकु स्वभाव भएका उनले जनयुद्धको आधार तयार पार्न तत्कालीन मसालले सुरु गरेको ‘वर्गसंघर्ष’मा नेतृत्वदायी भूमिका खेलेका थिए । माओवादी पार्टी नबन्दै तत्कालीन एकताकेन्द्र मसालले २०४८ सालपछि वाईसीएललाई लडाकु दस्ता बनाएर वर्गसंघर्ष चलाएको थियो । त्यसबेला उनी वाईसीएलको रोल्पा जिल्ला अध्यक्ष थिए ।राज्यविरुद्धमा लागेको आरोपमा प्रशासनले जनयुद्धअगावै उनको टाउकाको मूल्य ३५ हजार रूपैयाँ तोकेको थियो । प्रहरीबाट बच्नका लागि उनले जनयुद्धअघि नै आफ्नो घरभित्रबाट २५ मिटरको सुरुङ खनेका थिए । १ फागुन २०५२ मा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर उनी थिए । २०५४ मा पार्टीको क्षेत्रीय ब्युरो सदस्य हुँदै २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो सदस्य भए ।
सरकारसँगको पहिलो वार्ता असफल हुन लागेपछि २०५८ कात्तिकमा माओवादीले रोल्पाको कुरेलीमा सैन्य भेला गरेर औपचारिक रूपमा जनमुक्ति सेना गठन गर्दा पुन बटालियन कमान्डर बने । २०५९ मा माओवादीले बनाएको जनमुक्ति सेनाको ब्रिगेड कमान्डर पनि बने । त्यसपछि बनेको दुई डिभिजनमा उनी पश्चिम डिभिजनको कमान्डर भए । शान्तिप्रक्रियापछि पुष्पकमल दाहालले सुप्रिम कमान्डर छाडेपछि उनी जनमुक्ति सेनाको प्रमुख बनेका थिए । आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);