सप्तरीको हनुमान नगर कंकालनी नगरपालिकामा औषधि खरिदमा लाखौं अनियमितता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सप्तरीको हनुमान नगर कंकालनी नगरपालिकामा औषधि खरिदमा लाखौं अनियमितता

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा औषधि खरिदमा लाखौं अनियमितता भएकाे पाइएकाे छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार सार्वजनिक खरिद नियमावली बिपरीत हुने गरी औषधि खरिद गरिएको पाइएको हो ।

नगरपालिकाले ३९ लाख ८९ हजार २५६ रुपैयाँको औषधि नियम विपरीत खरिद गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावली २०७४ को नियम ८५ उपनियम १ (क) मा २० लाख रुपैयाँ सम्मको औषधिजन्य सामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने ब्यवस्था भएपनि पालिकाले सो बमोजिम नगरी अनियमितता गरेको पाइएको हो ।

आपूर्ति भएका औषधि विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएकाे हुनुपर्ने, औषधिको उत्पादन मिति ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित बिषय बिज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि ‘बिक्रीकाे लागि हाेइन’ भनेर पनि खुलाएको प्रमाणपत्र समावेश नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

औषधि खरिद प्रक्रिया कानुन विपरीत हुँदा महालेखाले खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अधावधिक हुने गरी अभिलेख राख्न सुझाव दिएको छ ।तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको, नभएको एकिन गरी हस्तान्तरण तथा खरिद गरेको औषधिको विवरण खुल्ले गरि राख्न भनिएकाे छ। आर्थिक वर्षको अन्त्यमा बाँकी रहेका औषधिहरू जिम्मेवारी जिन्सी ब्यवस्थित गर्नेतर्फ ध्यान दिनसमेत नगरपालिकालाई निर्देशन गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ३३ करोड प्राप्त गरेकोमा चार करोड नाै लाख २२ हजार बेरुजु देखिएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);