फागुन भित्र लेखा परिक्षण गरिसक्न सरकारी निकायलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

फागुन भित्र लेखा परिक्षण गरिसक्न सरकारी निकायलाई निर्देशन

lekha sammit

काठमाडौं, २३ फागुन । महालेखा परीक्षकको कार्यालयले फागुन मसान्त भित्र लेखा परीक्षण गरिसक्न सम्बन्धित सबै सरकारी निकायलाई निर्देशन दिएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले चैत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउनु पर्ने भएकाले फागुन मसान्त भित्र सम्बन्धित सबै निकायलाई लेखा परीक्षणको काम गरिसक्न निर्देशन दिएको हो । उनले बिहीबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा हालसम्म पनि लेखा परीक्षण नगरेका निकायलाई जिम्मेवार र जवाफदेही बनाउन पनि संसदीय समितिहरुलाई आग्रह गरे । महालेखा परीक्षक शर्माले विमा संस्थान, त्रिभुवन विश्वविद्यालय, साझा प्रकाशन लगायतका निकायले हालसम्म लेखा परीक्षण नगरेको पनि समितिलाई जानकारी दिए ।

शर्माले सार्वजनिक संस्थानहरुले विद्यमान ऐन, कानुन विपरित खर्च गर्ने गरेको उल्लेख गर्दे त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए । उनले सार्वजनिक संस्थाहरुले कानुन विपरित जथाभावी खर्च गरेकाले पनि मुलुकमा बेरुजु बढदै गएको उल्लेख गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सरकारी निकायहरुमा मात्रै ५ खर्व भन्दा बढि बेरुजु रहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);