अनियमितता भएको पाइए सूचना दिन महालेखा परीक्षकको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अनियमितता भएको पाइए सूचना दिन महालेखा परीक्षकको अपिल

२४ साउन, काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा अनियमितता भएको पाइए सूचना दिन सबैका अपिल गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय स्तरबाटै आउने सूचनाको आधारमा लेखा परीक्षण तथ्यगत रुपमा भए-नभएको थाहा पाउने भएकाले सरकारी निकायमा अनियमितता भएको पाइए सूचना दिन सबैमा अपिल गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले सबै मन्त्रालय र त्यस अन्तरगतका विभागीय कार्यालयहरुमा लेखा परीक्षण गर्ने अधिकारिक व्यक्ति तोकिएको जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले कतिपय ठाउँमा लेखा परीक्षणमा कीर्ते गरेको पाइएपछि सबै सरकारी कार्यालयमा स्थलगत अनुगमन गरी आफैंले लेखा परीक्षण गर्ने कार्यविधि पनि तय गरेको छ । लेखा परीक्षणको कामलाई पारदर्शी र विश्वसनीय बनाउन पनि स्थलगत लेखा परीक्षण गर्ने कार्यविधि बनाउनु परेको महालेखा परीक्षक शर्माले बताए । अव महालेखा परीक्षकको कार्यालयले देशभरका ५ हजार ५ सय सरकारी कार्यालयमा स्थलगत अनुगमन गरी लेखा परीक्षणको काम उनले बताए ।

महालेखा परीक्षकको कार्यालयले सबै सरकारी निकायलाई तीन-तीन महिनामा लेखा परीक्षणको काम सम्पन्न गर्न पनि निर्देशन दिइसकेको छ । बढ्दो बेरुजू न्यूनिकरण गर्दै लैजान पनि लेखा परीक्षणको कामलाई कडा निगरानीमा राख्नु पर्ने अवस्था आएको महालेखा परीक्षक शर्माको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);