राष्ट्र ऋण उठाउने विधेयक पारित  | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

राष्ट्र ऋण उठाउने विधेयक पारित 

काठमाडौं। संसदले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो। यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

Leave a Reply