‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित

samsadh

काठमाडौं, १६ असार । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७५-७६ को बजेटको विनियोजन विधेयक पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

विनियोजन विधेयक पारित भएसँगै सरकारलाई संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने बाटो खुला भएको छ । विधेयक राष्ट्रिय सभाबाट भने पारित हुन बाँकी छ । सरकारलाई खर्चको अख्तियारी प्राप्त गर्न भने दुबै सदनबाट विनियोजन विधेयक पारित हुनुपर्छ ।

सरकारले गत जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गरेकामा बजेटमाथि जेठ १७ गतेदेखि सैद्धान्तिक र जेठ २७ गतेदेखि दफाबार छलफल भएको थियो । छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिने क्रम सकिएसँगै शुक्रबार विनियोजन विधेयक निर्णयार्थ पेश गरिएको थियो । विनियोजन विधेयक बहुमतल पारित गरेको बैठकले नेपाली कांग्रेसका सांसदले प्रस्तुत गरेको खर्च कटौतीको १९ वटा प्रस्ताव बैठकले अस्वीकृत गरेको छ ।

विनियोजन विधेयक पारित भएसँगै सरकारले प्रतिनिधि सभामा बजेटसँग आश्रित तीनवटा विधेयक प्रस्तुत गरेको छ । अर्थमन्त्री डाक्टर खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २२औं संशोधन विधेयक प्रस्तुत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);