खतरा मोल्छुँ, अनसन तोड्दिन : डा. केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खतरा मोल्छुँ, अनसन तोड्दिन : डा. केसी

Dr Govinda Kc

जुम्ला,  १६ असार ।  आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीले आफूलाई कसैले पनि रोक्न नसक्ने बताएका छन्। चिकित्सा शिक्षा अध्यादेश पूरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै आमरण अनसनका लागि शुक्रबार जुम्ला पुगेका डा केसीलाई गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले अनसन बस्न नदिएपछि उनले त्यसको अवज्ञा गर्ने बताएका हुन्।

‘सरकारले अनसनमाथि अवरोध सिर्जना गरेपनि म त्यसको खतरा मोल्न तयार छुँ। तर अनसन तोड्दिन, मलाई कसैले अनसन बस्नबाट रोक्न सक्दैन।’ उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले खेलवाड गर्न मिल्दैन। म आम नागरिक र चिकित्सा शिक्षाको सुधारका लागि राज्यलाई दबाब दिन अनसन बस्न लागेको हुँ। तर संविधानमै लेखिएको अभिव्यक्ति स्वतन्त्रताकाविरुद्धमा प्रशासनले प्रतिबन्ध लगाउँछ भने त्यसको नतिजा राम्रो हुँदैन।’

डा. केसीले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर ल्याउन लागेपछि सरकारलाई ध्यानाकर्षण गर्न त्यसको निर्णायक आन्दोलनको रुपमा १५ औँ पटकको अनसन स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई रोजेका छन्। प्रतिष्ठानमा लामो समयसम्म एमबीबीएस पढाइको बाटो राज्यले खुला नगरेकोमा आपत्ति जनाउँदै माग सम्बोधन नभए जुम्लामै अनसन बसेर मृत्यु मोल्न तयार रहेको उनको भनाई छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);