धौलीगंगा बाँध खाेल्दा महाकालीमा बाढीकाे जाेखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

धौलीगंगा बाँध खाेल्दा महाकालीमा बाढीकाे जाेखिम

mahakali nadhi

दार्चुला, १६ असार । भारतीय पक्षले पानीको मात्रा बढी भएर धाैलीगंगा बाँधको ढोका खोलेको जनाउँदै महाकाली नदी किनारका बासिन्दालाई सतर्क गराउन नेपाली पक्षलाई अनुरोध गरेको छ ।

धौलीगंगा बाँधकाे पानीले महाकालीमा पानीकाे सहत बढे दार्चुलाकाेब्यास गाँउपालिका–५ धौलाकोटदेखि लेकम गाँउपालिकाको लालीसम्म बाढीको जोखिम बढ्ने देखिन्छ।

सदरमुकाम खलंगा क्षेत्रमा तटबन्धका कारण केही सुरक्षित भएपनि अन्य महाकाली तटीय क्षेत्रमा बाढी जोखिम घटेको छैन। भारतको खोतिला नजिकबाट खसेको पहिरोले सदरमुकाम जोखिममा पर्न सक्ने अनुमान गरिएको छ।

सदरमुकाम क्षेत्रकाे नदी किनारमा पक्की तटबन्ध निर्माण गरिए पनि खोतिला पहिरोले उक्त क्षेत्रमा साँघुरो भाग बनेकाले पानी बस्ती भएको ठाँउमा पस्न सक्ने सम्भावना भने कम नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाँधको ४० मिलिमिटरदेखि एक सय मिलिमिटरसम्म पानी खोलेको जनाएको छ। दार्चुला र पारि भारतको धारचुलाबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा भारतले महाकालीको सहायक नदी धौलीगंगामा जलविद्युत उत्पादनका लागि बनाएको बाँधले तटीय क्षेत्रका स्थानीयमा बाढी त्रास बढाएको हो।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);