खानेपानीसम्बद्ध संस्थाहरू भन्छन्, पानीमा कोलिफर्म हुन सक्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खानेपानीसम्बद्ध संस्थाहरू भन्छन्, पानीमा कोलिफर्म हुन सक्छ

water

ललितपुर, १६ असार । ललितपुर जिल्लाका सहरी भेगमा वितरित पानी दुषित रहेको स्वयं वितरणकर्ताहरु नै स्वीकार गरेका छन् । ललितपुर महानगरपालिका , गोदावरी र महालक्ष्मी नगरपालिकामा वितरण हुँदै आएको करिब ७३ प्रतिशत पानीमा हानीकारक जीवाणु कोलिफर्म भेटिएकोे समाचार प्रकाशित भएपछि ती वितरणकर्ताहरुले स्वयं स्वीकार गरेका छन् ।

विभिन्न धारा , ढुङ्गेधारा , इनार , बोरिङ , कुवा , पोखरी , ट्याङकरको पानीमा परिक्षण गर्दा कोलिफर्म भेटिएपछि वितरण गर्ने खानेपानीका आयोजना , योजना , समिती लगायतले पनि पानी प्रदुषित रहेको बताएका हुन् । हामीले दिने पानी शत प्रतिशत शुद्ध नै छ भन्न हामी सक्दैनौ , वितरणमा खटिएका केयूकेइलका एक कर्मचारीले भने , हामी सकेसम्म शुद्ध पानी नै वितरण गछौँ , तर कही कतै हानीकारक जीवाणु भएका पानी पनि भेटिएका छन् ।

केयूकेइलको भैंसेपाटिस्थित पानी ट्यांकीबाट वितरित पानी , बुङ्मतीको स्वास्थ्य चौकी नजिकको धाराको पानी , चापागाँउ प्रहरी वृतको पानी , ठेचोको सार्वजनिक धारा , सुन्धारा , लुभुको तल्लो दोभान , लामाटारको माथिल्लो दोभान खानेपानी आयोजना, चापाखर्क खानेपानी योजना , नख्खु , इमाडोल , चाङ्गाथली , बडिखेल , गोदावरीबाट वितरण भएका खानेपानीमा पनि कोलिफर्म भेटिएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);