ढल र खानेपानी पाइप एकै ठाउँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ढल र खानेपानी पाइप एकै ठाउँ

khane pani

चरिकोट,२९ पुष । दोलखा सदरमुकाम चरिकोटमा वितरण गरिएको अधिकांश खानेपानीको पाइप ढलसँगै ल्याइएको पाइएको छ। विभिन्न उपभोक्ता समितिमार्फत चरिकोटमा बिछ्याइएको पाइप ढल र नालामा मिसाइए पनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीको पाइप ढल र नालासँगै राखिएको भन्दै स्थानीय चिन्तित भएका छन्। चरिकोटको बीचबजार, चरिघ्याङ, पेट्रोलपम्प, भालुखोलालगायत क्षेत्रमा बिछ्याइएको खानेपानी पाइप ढल र नालासँगै राखिएको हो। ढलसँगै पाइप लैजाँदा पाइप जडान गरेको ठाउँ, सकेट, ब्रास, युनियनबाट ढल पानीमा मिसिनसक्ने खानेपानी कार्यालय दोलखाका सब इन्जिनियर दीपकराज रोकाको भनाइ छ। उनले ढलबाट पाइप लैजानै नमिल्ने बताए। कार्यालयले खानेपानीको सम्पूर्ण काम उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेकाले त्यसको सम्पूर्ण जिम्मेवारी समितिको रहने भएकाले आफूहरूले केही गर्न नसक्ने बताए।

कार्यालयले पानी ट्यांकीदेखि चेम्बरसम्म पाइपलाइनका लागि उपभोक्ता समितिलाई पैसा दिने गरेको र चेम्बरबाट घरसम्म पुर्‍याउने काम उपभोक्ताकै भएकाले यसमा सबै सचेत रहन जरुरी रहेको जानकारी दिए।

चरिकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बद्रीकुमार श्रेष्ठले पनि चरिकोटमा हचुवाको भरमा पानी वितरण भइरहेको स्वीकार गरे। उनले ढल र नालाबाट पाइप लैजानुपर्ने बाध्यता रहेको बताउँदै समितिमा आर्थिक अभावकै कारण समस्या भएको दाबी गरे। पछिल्लो समय धेरै उपभोक्ता भएकाले व्यवस्थापनमा समस्या देखिएको उनले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी डम्बर थोकरले भने चरिकोटको खानेपानी पिउन योग्य नै नभएको बताएका छन्। कार्यालयले गरेको अध्ययनमा यहाँको पानीमा कोलिफर्म धेरै रहेको पाइएको छ।आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);