पहिरोले पाइप बगाउँदा भट्टेडाँडामा खानीपानी हाहाकार | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पहिरोले पाइप बगाउँदा भट्टेडाँडामा खानीपानी हाहाकार

काठमाडाैं । कान्ति लोकपथमा गएकाे पहिरोले पाइप बगाएपछि भट्टेडाँडा र छपेलीमा खानेपानीको हाहाकार भएको छ ।

स्थानीय सानु महर्जनका अनुसार सल्भ नेपाल र स्थानीयको जनसहभागितामा २०७५ सालमा सम्पन्न खानेपानी आयोजनाको पाइप कान्ति लोकपथमा गएकाे पहिरोले बगाएकाे हाे । पहिराेले पाइप बगाएपछि स्थानीयले छपेली धाराडोलबाट ल्याएको खानेपानी उपभाेग गरिरहेका छन् ।

‘वर्षामा ठिकै पानी आउँछ । तर हिउँदमा धेरै समस्या छ,’ उनले भने । बागमती गाँउपालिकाको सदरमुकामसमेत रहेको भट्टेडाँडा र छपेली गाउँसम्मका बासिन्दा तिरतिरे धारोको भरमा बाँच्नु परेको उनको भनाइ छ । 

गत निर्वाचनअघि भट्टेडाँडामा जलुकेबाट लिफ्ट प्रविधिबाट खानेपानी वितरण गरिए पनि अहिले बन्द छ । निरन्तर लिफ्टिङ प्रविधि बिग्रने र विद्युतकाे महसुल नतिर्दा समस्या भएको हो ।

पछिल्लो समय आयोजनाको पाइप चोरी गर्ने बढेको स्थानीयहरूको गुनासो छ । बालुवा चाल्न चाेरीका खानेपानीकाे पाइप प्रयोग भइरहेको स्थानीयकाे छ । उनले भने, ‘खानेपानीको पाइप गाउँले नै चोरेर लगेका छन् । अर्कोतर्फ खानेपानीको हाहाकार छ ।’

२०७५ सालमा साल्भ नेपालले ४७ लाखकाे लागतमा स्थानीय जनसहभागिता (जनश्रमदान) मा यो खानेपानी आयोजना पूरा गरेर हस्तान्तरण गरेको थियो ।खानेपानी आयोजनाका अध्यक्ष रामशरण चौरेलले कान्ति लोकपथको पहिरोका कारण डेढ महिना मात्रै चालू गरिएको बताए । ६३ एमएमको पाइप राखेर बनाइएको यो खानेपानी आयोजना पूरा भएपछि स्थानीयले राम्रोसँग पानी उपभोग गर्न पाएको उनको भनाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);