दाहाखानी र कविलासमा खानेपानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन २७ , काठमाण्डौँ । अविरल वर्षापछि खसेको पहिरोले पाइप बगाएपछि चितवनका पहाडी भेग दाहाखानी र कविलासमा खानेपानीको हाहाकार भएको छ ।

कविलास दाहाखानी खानेपानी आयोजनाअन्तर्गत शक्तिखोर–दारेचोक सडक आयोजनामा पर्ने उपर्दाङगढीनजिकै पहिरोले सातवटा पाइप बगाएपछि दाहाखानी र कविलासका तीन सय घरधुरी खानेपानीबाट वञ्चित भएका हुन् । पहिरोले बाटो बन्द भएपछि मर्मत गर्न नसकिएको आयोजनाका अध्यक्ष जगत लामाले जानकारी दिनुभयो । आयोजनाका १७ वटा पाइप अझै पहिरोको जोखिममा रहेको उहाँले बताउनुभयो । अहिले यहाँका बासिन्दा घण्टौं हिँडेर खोला र कुवाको पानी खान बाध्य भएका छन् । पहिरोले सडक अवरुद्ध हुँदा कविलास र दाहाखानीबासीको दैनिकी झनै कष्टकर बनेको छ । यहाँका दुई सय घरधुरीमा १० दिनदेखि विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

मर्मतका लागि विद्युत् प्राधिकरणमा अनुरोध गर्दा वर्षाको कारण देखाउँदै बेवास्ता गरेको स्थानीयले बताएका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि कुटानी पिसानीका घरेलु उद्योग, तोरी मिल, चामल तथा कोदो मिल बन्द भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);