चिर्पट प्रहार गरी सप्तरीमा भाइले गरे दाइको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिर्पट प्रहार गरी सप्तरीमा भाइले गरे दाइको हत्या

hatya-murder

२७ साउन, राजविराज । सप्तरीको सप्तकोसी नगरपालिका–३ मा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरी आएका ४० वर्षीय बलराम मुसहरले आफ्ना दाजु ४२ वर्षीय बल्खुराम मुसहरमाथि दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दाजु-भाईले सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवन गर्दै जाँदा मात चढ्दै गएपछि दाजु-भाइबीच विवाद भएको थियो । विवादकाबीच भाइले चिर्पट प्रहार गर्दा उनका दाजु बल्खुको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

भाइले प्रहार गरेको चिर्पटबाट गम्भीर घाइते भएका उनलाई फत्तेपुरस्थित ओम साई मनकामना अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । चिर्पट प्रहार गर्ने भाई बलरामलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);