कर्मचारी घुस सहित रंगेहात पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन २७ , रौतहट । जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियर ललनकुमार सिंह घुससहित रंगेहात पक्राउ परेका छन् ।

सब–इन्जिनियर सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । श्रीमावि माधवपुरको भवन निर्माणका लागि तेस्रो किस्ताबापतको रकम निकाल्दा सिंहले ३५ हजार घुस मागेको अख्तियारको आरोप छ । सदरमुकाम गौरको बीपी चोकस्थित एउटा चिया पसलमा घुस रकम लेनदेन गर्ने क्रममा सिंहलाई पक्राउ गरिएको हो ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);