चिर्पट प्रहार गरी श्रीमतिको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

चिर्पट प्रहार गरी श्रीमतिको हत्या

hatya

गुल्मी, ४ कात्तिक । गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाउँ दोभानका एक व्यक्तिले चिर्पट प्रहार गरि श्रीमतिको हत्या गरेका छन् ।
अत्यधिक मदिरा सेवन गरेका ३४ वर्षीय पंकज कुमालले ३४ वर्षिया श्रीमति लाली कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिए । पंकजले शनिबार राति करिव साढे आठ बजे श्रीमतिलाई चिर्पट प्रहार गरि गम्भिर घाइते बनाएका थिए । टाउको र शरिरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारको लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

आरोपित कुमालले पहिले पनि घरमा श्रीमति र बृद्धा आमालाई कुटपीट गर्ने र अरु अपराधिक क्रियाकलाप गरेर दुख दिने गरेको मुसिकोट नगरपालिका वडा नं ४ का वडा सदस्य टीका गुरुङ्गले बताए । हत्या गर्ने पंकजलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);