जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते

accident

रामेछाप, ४ कात्तिक । रामेछाप नगरपालिका–१ गोगनेमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो दुर्घटनामा अरु ८ जना घाइते छन् ।
घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो भने जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खत्रीको उपचारको क्रममा धुलिखेल अस्पताल काभ्रेमा गएराती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);