गुल्मीमा जीप दुर्घटना: पूर्व सांसद भण्डारी सहित ३ जनाको मृत्यु, ७ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गुल्मीमा जीप दुर्घटना: पूर्व सांसद भण्डारी सहित ३ जनाको मृत्यु, ७ जना घाईते

rudramani jeep

काठमाडौँ, २८ चैत । गुल्मीको मुसीकोट नगरपालिका नेटास्थित चिहानडाँडामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहिवार दुर्घटना भएको हो । दुर्घटनामा पूर्वसांसद रुद्रमणि भण्डारी र मालिका गाउँपालिकाका रोशर विकको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसैगरी दुर्घटनामा गम्भीर घाइते भएकी मालिकाकी कै कोशिला थापाको मुसिकोट नगरपालिका वामीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा ७ यात्रु घाइते भएका छन् । जीप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

rudramani bhandari
पूर्वसांसद रुद्रमणि भण्डारी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);