पत्रकारहरुको हितमा आवश्यक कानुन निर्माण गर्न सरकारलाई वरिष्ठ नेता खनालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पत्रकारहरुको हितमा आवश्यक कानुन निर्माण गर्न सरकारलाई वरिष्ठ नेता खनालको सुझाव

jhalanath khanal

काठमाडौँ, २८ चैत । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पत्रकारहरुको हितमा केन्द्रित भएर सूचना, प्रविधिसम्बन्धि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

बिहिवारबाट राजधानीको टुँडिखेलमा शूरु भएको दोश्रो अन्तराष्ट्रिय फोटोग्राफी तथा संचारप्रबिधि सम्बन्धि एक्पोमा खनालले सूचना प्रविधिको क्षेत्रमा सुधार ल्याउन चीन र भारत दुवै छिमेकी मुलुकसँग आवश्यक छलफल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सूचना र प्रविधि क्षेत्रको विकास गरेर मात्रै मुलुकको समृद्धि हुने उल्लेख गरे ।

वरिष्ठ नेता खनालले सूचना र प्रविधिको विकास गर्दा मुलुकको राष्ट्रियतालाई सुदृढ बनाउने विषयमा पनि सरकारले ख्याल गर्नुपर्ने जरुरी रहेको पनि बताए । ३ दिने एक्स्पोमा प्रिन्टिङसम्बन्धि सामग्रीहरु, फोटो र फोटाग्राफीका लागि आवश्यक नयाँ–नयाँ प्रविधिहरु पनि राखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);