काभ्रेमा सवारी दुर्घटना हुँदा डिआईजी भण्डारी सहित तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काभ्रेमा सवारी दुर्घटना हुँदा डिआईजी भण्डारी सहित तीनको मृत्यु

काभ्रे, १० कात्तिक । नेपाल प्रहरीका बहालवाला डिआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनी सवार बा३प २८७ नम्बरको जीप काभ्रेको मण्डनदेउपुर नगरपालिका ६ स्थित भाँगेटारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि बहालवाल डिआईजी शुसिल भण्डारी सहित तीन जनाको मृत्यु भएको छ । भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् । उनीहरुको धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);