बागलुङको बडिगाड गाउँपालिकामा पानीको हाहाकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

बागलुङको बडिगाड गाउँपालिकामा पानीको हाहाकार

बागलुङ, १ असोज । बागलुङको बडिगाड गाउँपालिका –७, भिमगिठेमा खानेपानीको हाहाकार भएको छ । शुक्रबार राती बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमाना तुरतुरेमा गएको पहिरोले खानेपानीको पाइप बगाईदिएपछि २ सय घरपरिवारलाई खानीपानीको समस्या भएको हो ।

स्थानीयसंगै विद्यालय, प्रहरी चौकी, स्वास्थ्य संस्था लगायतका कार्यालयमा समेत पानीको समस्या परेको छ । तलको बस्तिमा नजिकैको भिमगिठे बजारबाट पानी बोकेर गुजारा चलाउन सकिने अवस्था भएपनि माथिको बस्तिमा कठिन भएको स्थानीयले गुनासो गरेका छन् ।

पहाडै खसेको कारण पानीको पाइप तत्काल मर्मत गर्न नसकिने वडा अध्यक्ष कृष्ण गुरुङले वताए । गाउँ नजिकै बैकल्पिक श्रोत नभएका कारण पानीको व्यवस्था गरिदिन स्थानीयले सरकारसंग माग गरेका छन् ।

पहिरोको कारण अवरुद्ध लोकमार्ग संचालन गर्न २ हप्ता भन्दा वढी लाग्ने बागलुङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);