बाग्लुङको मध्यपहाडी राजमार्ग बगाउँदा आवतजावत बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाग्लुङको मध्यपहाडी राजमार्ग बगाउँदा आवतजावत बन्द

baglug kritim taal

बाग्लुङ, २० साउन । गुल्मीसँग सिमाना जोडिएको बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएपछि आवतजावत बन्द भएको छ ।

गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो । अबिरल वर्षासँगै बाग्लुङ जिल्लाको बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । तालमा पानीको चाप बढेपछि सोमबार बिहान करिब दुई बजेतिर ताल फुटेको स्थानीयले बताएका छन् । ताल फुटेसँगै बडिगाड गाउँपालिकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटोसमेत बगाएको छ ।

बाटो बगाउँदा गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत अवरुद्ध भएको छ । पैदल हिँड्ने बाटोसमेत बाँकी नराखेको स्थानीयको भनाइ छ । ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ । यसैबीच, बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने २ जना हराइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);