बागलुङको मनेवापाटामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध, स्थानीयलाई सुरक्षीत स्थानमा बस्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

बागलुङको मनेवापाटामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध, स्थानीयलाई सुरक्षीत स्थानमा बस्न आग्रह

बागलुङ जिल्लाको रिघा–७ दरमखोलामा पहिरो खस्दा पानीको वहाव रोकीयो, सुरक्षीत स्थानमा बस्न खोला किनारका बासिनदालाई प्रहरीको आग्रह

बागलुङको मनेवापाटामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

बागलुङ । बागलुङ जिल्लाको पश्चिम रिघा गाविस–७ मनेवापाटामा पहिरो खसेर दरमखोला थुनिदा मध्यपहाडि लोकमार्ग अन्तरगत बागलुङ–बुर्तिवाङ सडक खण्ड अबरुद्ध भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग माथिबाट आइतबार बिहान खसेको पहिरोका कारण बिहान ५ बजेदेखि खोला थुनिएको स्थानीय बासिन्दाले बताएका छन् । खोला थुनिएपछि त्यहाँ ठूलो ताल बन्दै गएको छ ।

स्थानीय मनकुमारी शाही सहित अन्य केहीको घर डुबानको खतरामा छ । अहिले शाहीको परिवार घर छोडेर सुरक्षित स्थान तर्फ लागेको स्थानीय डम्बर श्रीसले बताउनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ ।

सडक अवरुद्ध भएपछि बुर्तिबाङबाट छुटेका गाडी खरबाङमा रोकिएका छन् भने काठमाडौं तथा बागलुङबाट गएका गाडीहरु हटियामा रोकिएका छन् ।

प्रहरीले जुनसुकै बेला पहिरोले थुनिएर बनेको ताल फुट्न सक्ने भन्दै सुरक्षा सजगता अपनाउन तटिय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । खोला थुनिएको स्थान बागलुङ सदरमुकामबाट पश्चिम तर्फ १८ कोष टाढा पर्छ ।

 

Leave a Reply