व्रतवन्धको भोज खाए पछि धादिङको ज्यामरुङमा चालीस भन्दा वढि विरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

व्रतवन्धको भोज खाए पछि धादिङको ज्यामरुङमा चालीस भन्दा वढि विरामी

शिखा श्रेष्ठ २० फागुन ,धादिङ ।
व्रतवन्धको भोज खाए पछि धादिङको ज्यामरुङ ६ कुमाई ज्यामरुङमा चालीस भन्दा वढि विरामि भएका छन् । भोज खाए सँगै विरामि परेका ४० भन्दा वढिमा २८ जनालाइ स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पस्चात जिल्ला अस्पताल ल्याइएको छ । पानीको चरम अभावका कारण एक हप्ता अघि मात्रै वस्तीमा एक दर्जन प्लाष्टिक ड्रमका

व्रतवन्धको भोज खाए पछि   धादिङको ज्यामरुङमा चालीस भन्दा वढि विरामी

शिखा श्रेष्ठ २० फागुन ,धादिङ ।

व्रतवन्धको भोज खाए पछि धादिङको ज्यामरुङ ६ कुमाई ज्यामरुङमा चालीस भन्दा वढि विरामि भएका छन् । भोज खाए सँगै विरामि परेका ४० भन्दा वढिमा २८ जनालाइ स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पस्चात जिल्ला अस्पताल ल्याइएको छ । पानीको चरम अभावका कारण एक हप्ता अघि मात्रै वस्तीमा एक दर्जन प्लाष्टिक ड्रमका राखेर खानेपानी संकलन र वितरण गरिएको थियो पानी प्रयोग गरे सँगै केहि वेत्तीमा झाडा पखाला देखिएको थियो ।

व्रतवन्धको भोजमा समेत नयााँ ड्रमको पानी प्रयोग भएका कारण विरामि परेको स्थानीयको भनाइ छ । अस्पतालमा ल्याइएका सवै लाई स्लाईन पानी चढाएर आवस्यक उपचार थालीएको छ । भोजमा प्रयोग भएको पानी र खानाको कारण गाउँमा झाडा पखाला फैलिएको हुन सक्ने अनुमान गरिएको छ । तत्काल उपचार पाएकोले सवैको अवस्था सामान्य हुदैं गएको जिल्ला अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रसिला अमात्यले वताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);