कोरोना महामारीकाबीच मानव अधिकार संगठनको चुनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोरोना महामारीकाबीच मानव अधिकार संगठनको चुनाव

बाग्लुङ, १४ भदाै । कोरोनाको कारण देश आक्रान्त बनेको बेला सरकारले सभा सम्मलेन गर्न रोक लगाए पनि पर्वतमा मानव संगठनबाटै नियमको उल्लंघन भएको छ । सरकारले मानिसको भिड हुने किसिमका सबैखाले सभा, सम्मेलन, भोज र भेलामा रोक लगाएको भएपनि नेपाल मानव अधिकार संगठन पर्वतले अधिवेशन गरेको हो ।

सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला पर्वतका अधिकारकर्मीले होटलमा भेला गरी १६ औ साधारण सभा तथा ५ औ अधिवेशन गरेका हुन् । अध्यक्षको लागि सहमती हुन नसके पछि मतदान भएको थियो । मतदान पछि ४१ मतका साथ माधव पौडेल विजयी भएका छन् भने उनका प्रतिस्पर्धी केदारनाथ आचार्यले १० मत प्राप्त गर्नुभएको थियाे।

५८ जना सदस्य रहेको नेपाल मानव अधिकार संगठन जिल्ला शाखाको अधिवेशनमा ५१ मत खसेको थियो। सरकारले लकडाउनपछि १५ जना भन्दा बढि भेला हुन तथा सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको बेला ५० भन्दा बढि भेला भएर चुनाव गरेको पाइएको छ ।विश्वभरी कोरोना भाइरसको त्रास बढेपछि सरकारले भेला, भोज, भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरेको भए पनि जिल्ला प्रशासन कार्यलय पर्वतको कार्यलयबाट २ सय मिटरको दुरीमा रहेको एक होटलमा निर्वाचन गरिएको हो ।


कार्य समितिको म्याद सकिएकोले लोकतान्त्रीक अभ्यास मार्फत सामानिक दुरी कायम गरी निर्वाचन गरिएको नवनिर्वाचित अध्यक्ष माधव पौडेलले दावी गर्नुभयो। मंसिरमा गर्नुपर्ने अधिवेशन विविध कारणले रोकिएकोले अधिवेशन गर्नुपर्ने बाध्यताले केन्द्र र प्रशासनको मौखिक अनुमती मागेको पौडेलले बताउनुभयो। केन्द्रले माइक प्रयोग नगरी सरकारले तोकेको सामाजिक दुरी कायम गरी सेनिटाईजरको प्रयोग गरी कार्यक्रम गरेको पौडेलले बताउनुभयो ।

यता पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आफूलाई यस बिषयमा जानकारी नभएको बताउनुभयो । राज्यले बनाएको नियम पालना गर्ने दायित्व सबैमा रहेको भन्दै यस विषयमा अनुसन्धान थाल्ने बताउनुभयाे । सरकारले लकडाउन अन्त्यको घोषणा गरे पनि स्कूल,कलेज, सिनेमाहल, सभा सम्मेलन गर्न रोक लगाएको छ। कोरोना समुदायस्तरमा गइरहेको बेला अरुलाई स्वास्थ्य सचेतना फैलाउनुपर्ने समयमा स्वयंम् मानव अधिकारबाट भएको यस्ता खाले कार्यक्रमले समजमा कस्तो सन्देश देला?

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);