अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै भएको प्रदर्शनमा प्रहरी धरपकड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै भएको प्रदर्शनमा प्रहरी धरपकड

maitighar pradarshan

काठमाडौं, १६ असार । अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै राजधानीको माईतिघर मण्डलामा विरोध प्रर्दशनमा उत्रेकाहरुलाई प्रहरीले धरपकड गरेको छ । सरकारले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभासम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा शनिबार मण्डला नजिक भेला भएका प्रर्दशनकारीलाई प्रहरीले धरपकड गरेको हो ।

विरोध प्रर्दशनका लागि भेला हुने स्थानमा प्रहरीहरु नै बसेपछि प्रर्दशनकारीले माईतिघर मण्डलाभन्दा बाहिरपट्टिको पेटीबाट सरकारको निर्णयविरुद्ध नाराबाजी सुरु गरेका थिए । प्रदर्शनकारीहरुले नाराबाजी सुरु गरेलगत्तै प्रहरीले धरपकड गरि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीको धरपकड पछि अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै मण्डला पुगेका विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आमसर्वसाधरणको भावना अभिव्यक्ति गर्ने स्थान बनिसकेको माईतिघर मण्डलामा प्रर्दशन गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।
ठुलो संख्यामा जम्म्मा भएका प्रहरीले माईतिघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सो क्षेत्र भन्दा बाहिर बस्न आग्रह गर्दै माईकिङ गरिरहेका थिए ।

सरकारले २०७४ चैत ३० गते राजधानीका माईतिघर मण्डला, शान्तिबाटिका लगायत स्थानमा सभा, सम्मेलन, भेला, जुलुश, प्रर्दशन लगायत गर्न नपाउने गरि निषेधित क्षेत्र घोषणा गरेको थियो ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);