आज ३० औं संसद दिवस | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

काठमाडौं, १६ असार । आज ३० औं संसद दिवस मनाइएको छ । दिवसको अवसर पारेर पूर्व सांसद मञ्चले संघीय संसद भवनमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले ठुला दलका नेताबाट नै संविधान प्रतिकुल अभिव्यक्ति आएको भन्दै आपत्ती जनाए ।

लामो संघर्ष र मेहनतका साथ संविधानसभाबाट बनेको संविधानले कार्यान्वयनको बामे सर्दै गर्दा जिम्मेवार नेताबाट संविधानको मुल अवधारणामा प्रतिकुल प्रभाव पर्ने अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनको भनाइ छ ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रको रक्षा एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए । बहुराष्ट्रिय कम्पनीहरुको बढ्दो एकाधिकारका कारण मुलुकको राष्ट्रिय स्वाधिनता र आन्तरिक लोकतन्त्र खतरामा पर्न सक्ने भएकाले त्यसतर्फ चनाखो हुनुपर्ने उनको भनाइ छ ।

२०१५ सालमा आम चुनाव भएर २०१६ साल असार १६ गते देशमा पहिलो पटक संसद बैठक बसेको सम्झनामा यो दिवस मनाउने गरिन्छ । २०४८ सालदेखि हरेक बर्ष यो दिवस मनाउने गरिएको छ ।