संघीय संसद सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

संघीय संसद सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, २३ मंसिर । संघीय संसद सचिवालयले संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । संघीय संसद सचिवालय, संघीय संसद सेवा दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाउन लागेको हो ।

२०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ । २०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।

सोही दिवस मनाउने क्रममा संघीय संसद सचिवालयले रक्तदान, वक्तित्वकला लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार आयोजना गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सभामुख अग्निप्रसाद सापकोटाले कोभिडको परिस्थितिमा रक्तदानको विशेष महत्व भएको बताउनुभयो । अस्पतालहरुमा रगतको अभाव भएको समाचार आइरहेको अवस्थामा संघीय संसद सचिवायलले गरेको रक्तदानले सहजता पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।  

संसद दिवसको दिन (मंसिर २८ गते) विशेष कार्यक्रम आयोजना हुने संघीय संसद सचिवायले बताएको छ  । संघीय संसद अन्तर्गतका दुवै सदनमा १६ वटा विषयगत समिति रहेका छन् । संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्दै आएका छन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);