सर्वदलीय बैठक सम्पन्न : संविधान विरोधी गतिविधिविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आव्हान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सर्वदलीय बैठक सम्पन्न : संविधान विरोधी गतिविधिविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आव्हान

काठमाडौ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीति विषयमा समेत छलफल भएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल आयोजना गर्नुपर्ने उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

उहाँले कोरोना महामारीको नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, प्रकाशशरण महत, नेपाल मजदुर किसाना पार्टीका प्रेम सुवाल र जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव र राप्रपाबाट दीपक बोहोरा सहभागी थिए । कांग्रेस सभापति देउवा भने बैठकमा केहीबेर बसेर बाहिरिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);