बालुवाटारमा सर्वदलीय बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालुवाटारमा सर्वदलीय बैठक जारी

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहभागिता रहेको छ ।

दलहरूबीच केही समय अघिदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको हो । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय र प्रधानमन्त्री ओलीको आसन्न सिंगापुर भ्रमणबारे छलफल भइरहेको जनाइएको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किनु भएको थियो । चिकित्सकको सल्लाहअनुसार पुनः स्वास्थ्य परीक्षणका लागि उहाँ बिहीवार सिंगापुर जाने कार्यक्रम तय भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);