प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आह्वान, बैठक ५ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आह्वान, बैठक ५ बजे बस्दै

pm oli

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठकको आह्वान गर्नु भएको छ ।

दलहरूबीच केही समय अघिदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाउनु भएको हो । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनु भएको छ । बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किनु भएको हो । चिकित्सकको सल्लाह अनुसार पुनःपरीक्षणका लागि उहाँ बिहीवार सिंगापुर जाने कार्यक्रम तय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);