संसद् सचिवालयका कर्मचारीको क्षमता बढाउन जरुरी ः सभामुख | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

संसद् सचिवालयका कर्मचारीको क्षमता बढाउन जरुरी ः सभामुख

२०८१,८,२८
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन संसद् सचिवालयका कर्मचारीहरूको क्षमता बढाउन जरुरी रहेको बताएका छन्।शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरूको व्यावहारिक, प्राज्ञिक र दार्शनिक ज्ञान बढाउनुपर्ने बताएका हुन्।

उनले विश्वव्यापी रूपमा देखापरेका चुनौतीको सामना गर्दै अगाडि जान वृद्धि विकास मात्र नभई रचनात्मक ढंगबाट परिचालन गर्न जरुरी रहेको बताए। संघीय संसद्को प्रभावकारिताका विषयमा विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताए।

सभामुख घिमिरेले भने‚ ‘संसद् सेवा प्रभावकारी बनाउन हामीले कर्मचारीको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ। चाहे प्राज्ञिक वा दार्शनिक वा व्यावहारिक क्षमता होस्।’संसद् जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने ठाउँ भएकाले मुलुकका विद्यमान समस्या समाधान गर्न संसद् सचिवालयको प्रयत्न प्रभावकारी हुनुपर्ने उनको भनाइ छ। वि।सं। २०५८ मा स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाइन्छ।

Leave a Reply