संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे

काठमाडौं, २५ मंसिर ||
सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो । उहाँले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गर्नुभयो । सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफुले भुमिका खेल्ने पनि बताउनु भयो । सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उहाँले संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताउनु भयो । उहाँले समस्या समाधानका लागि खुलस्त छलफल, अनुगमन, मुल्यांकन गर्दै कार्यसम्पादन गरे परिणाम निकाल्न सकिने बताउनु भयो । उहाँले संसद सेवाका कर्मचारीहरुलाई जिम्मेवारपूर्वक काममा घट्न आग्रह पनि गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);