काठमाडौं, २५ मंसिर ||
उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहााले यस्तो बताउनुभएको हो । उहाँले सरकार भनेको सम्पूर्ण जनताहरु भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउनु भयो । उहाँले बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने बताउनु भयो । उहाँले महिला हिंसासम्बन्धी धेरै कानून बनेका भएपनि कार्यान्वयनको पाटो कमजोर रहेको बताउनु भयो । उपसभामुख रानाले महिलाका अधिकार आवाज सशक्त किसिमले उठाउनुपर्ने बताउनु भयो ।
महिला हिंसासम्बन्धी धेरै कानून बनेपनि कार्यान्वयन भएका छैनन्ः उपसभामुख
ताजा समाचार
सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो
१२ घन्टा अघि
पाथीभरा केबलकार स्टेशन शिलान्यासका क्रममा झडप
१२ घन्टा अघि