नेपालमा आणविक कानूनको आवश्यकता छः उपसभामुख राना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालमा आणविक कानूनको आवश्यकता छः उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपाल दुई ठूला देशहरुको बीचमा रहेकाले आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गर्नुभयो । त्यस्तै उहाँले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताउनु भयो । उब्जनी नहुने तथा पानीका मुलहरु सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उहाँले बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनुपर्ने बताउनु भयो । उहाँले पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागि नहुने र कुनैपनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पार्नुभयो ।

प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देशहरु चिन र भारको बीचमा रहेको भन्दै कानून बनाउँदा ठूला देशको बीचमा हुदाँको फाइदा र अपm्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताउनु भयो । उहाँले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);