काठमाडौं, २५ मंसिर ||
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संघीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उहाँको आरोप छ । अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गर्नुभयो । उहाँले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताउनु भयो । उहाँले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताउनु भयो । सफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा वृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
सहमति र सहकार्यका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना गरौँः कमल थापा
ताजा समाचार
कतारमा अन्तर्राष्ट्रिय बाज तथा सिकार प्रदर्शनी
२९ मिनेट अघि
अफ्रिकी आकाशमा ‘एकल बजार’ को खोजी
३० मिनेट अघि
आजको मौसम अनुमान
३९ मिनेट अघि
संसदीय समितिहरुको बैठक
४० मिनेट अघि




