शनिबार १३ औं संसद सेवा दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

शनिबार १३ औं संसद सेवा दिवस मनाइयो

काठमाडौं, २८ मंसिर । शनिबार १३ औं संसद सेवा दिवस मनाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरि सेवा दिवस मनाइएको हो ।

दिवसका अवशरमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीय सचिवालयका कर्मचारीहरुलाई आफुले पाएको जिम्मेवारी देशलाई केन्द्रमा राखेर गर्न आग्रह गर्नुभयो ।

‘कुनै पनि पदमा बसिसकेपछि नुनको सोझो बन्नु भन्दा पनि देशका लागि काम गर्नुपर्छ । राज्यले जति सेवा सुविधा दिएको छ त्यती नै काम गर्छु भनेर हुँदैन् । हामी देशको नागरिक हौँ जनप्रतिनिधि हौँ । त्यसकारण अझ बढी मिहेनत गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सचिवालयका कर्मचारीहरुले गर्ने ढिलासुस्ती प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । ‘सबै कर्मचारीहरुको काम राम्रो छ तर केही ढिलासुस्ती हुने गर्दछ त्यसलाई सुधार गर्नुप-यो’, उहाँले भन्नुभयो ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद सेवालाई विशिष्ट सेवाको रुपमा विकास गर्न अन्य देशहरुको अभ्यास र कामकारवाहीलाई अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताउनुभयो । कर्मचारीलाई सक्षम बनाउन प्रशिक्षणका लागि सचिवालय भित्रै प्रभावकारी संयन्त्रको आवश्यकता रहेको उहाँले बताउनुभयो । दिवसका अवशरमा संसदका उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);