नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल

nepal chiktsak sangha

काठमाडौं, २८ मंसिर । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल खडा भएको छ । शनिवार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ ।

शनिवार प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा. लोचन कार्कीले उम्मेदवारी दिनु भएको छ भने प्रगतिशील समुहबाट पुष्प मणि खरालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्मको समय दिइएको थियो । अध्यक्ष संगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा डा. बद्री रिजाल, डा. अजयकुमार मिश्र, डा. दिपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराउनु भएको छ ।

केन्द्रिय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष तथा सदस्यमा ३१ जनाले मनोनयन पत्र दर्ता गराउनु भएको नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य डा विश्व राज दवाडीले जानकारी दिनु भयो ।

नेपाल चिकित्सक संघको निर्वाचन चरणबद्ध रुपमा माघ ४ र ५ गते जिल्लाहरुमा १७ देखि २१ गतेसम्म केन्द्र हुने कार्यतालिका रहेको निर्वाचन अधिकृत डा. युबिन यादवले जानकारी दिनुभयो । निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);