महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने नेता पाैडेलको अडान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने नेता पाैडेलको अडान

poudel-deuba-nidhi

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने हुनुभएको छ ।शनिबार पौडेल निवास बोहोराटार पुग्नु भएका कांग्रेस सभापति शेरबहादुर देउवासंग भएको भेटमा वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने स्पष्ट गर्नु भएको हो ।

कार्यतालिका बनाएपछि थप छलफल गर्न आफूहरु तयार रहेको पौडेलको भनाइ छ ।

पौडेलले पार्टीका संगठनात्मक संरचना बनाएर न्यायपूर्ण ढंगले अगाडि बढ्न समेत सभापति देउवालाई सुझाव दिनुभयो । देउवासंगै बोहोराटार पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यतालिका बनाएर अगाडि बढ्न सभापति सकरात्मक भएको बताउनु भयो ।

आइतबार केन्द्रीय समिति बस्नु अघि सबै एजेण्डामा सहमतिको प्रयासमा सभापति देउवाले पौडेलसंग भेट गर्नु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);