बरिष्ठ नेता पौडेलले कार्यसमितिको बैठक बहिष्कार गरेपछि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बरिष्ठ नेता पौडेलले कार्यसमितिको बैठक बहिष्कार गरेपछि

ramchandra-poudel

काठमाडौं, २७ मंसिर ।  बरिष्ठ नेता पौडेलले कार्यसमितिको बैठक बहिष्कार गरेपछि नेपाली कांग्रेस आन्तरिक विवादमा,१४ औं महाधिवेशनको एजेण्डा बिना बैठकमा सहभागि नहुने  पौडेलको अडान ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस फेरी आन्तरिक विवादमा फसेको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले बिहीबार केन्द्रिय कार्यसमिति बैठक बहिष्कार गरेसँगै कांग्रेस आन्तरिक विवादमा फसेको हो । कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने विषयमा कुनै प्रस्ताव नआएपछि बहिष्कार गरिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

पार्टीका आन्तरिक कामहरु समयमै सम्पन्न गरि पार्टीलाई प्रभावकारी ढंगले एक भएर अगाढी बढ्नुपर्ने समयमा अरु अरु कुराहरु लिएर महाधिवेशन टार्ने नियत देखिएको उहाँको भनाई छ । बैठकमा एजेण्डा मिलाएर जाँउ भन्दा पनि सभापति देउवाले नटेरेको उहाँले बताउनुभयो । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका बनाउने एजेण्डा नराख्दासम्म बैठकमा सहभागि नहुने अडान पौडेलको अडान छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा विहिबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गर्नु भएको छ । देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ । १३ वटा विभाग थप्ने प्रस्ताव गर्नु भएको हो । देउवाद्वारा प्रस्तुत प्रस्तावमा केन्द्रीय विभागको संरचनात्मक र संख्यात्मक परिमार्जन गर्न आवश्यक रहेको उल्लेख छ । कांग्रेस केन्द्रीय समितिको अर्काे बैठक यहि मंसिर २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);