कांग्रेस बैठकमा पौडेल पक्षलाई सहमतिमा ल्याउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कांग्रेस बैठकमा पौडेल पक्षलाई सहमतिमा ल्याउने प्रयास

nepali congress

काठमाडौं, २ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा १ बजे बस्ने भनिएको बैठक आन्तरिक बिवाद मिलाउन भन्दै नेताहरु छलफलमा जुटेकाका कारण अहीलेसम्म बस्न भने सकेको छैन ।

नेपाली कांग्रेसले बैठकमा बिभिन्न ९ वटा एजेण्डा प्रस्तुत गरेपनि १४औ महाधिबेशनको कार्यतालिका नल्याएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले बैठक बहिष्कार गर्दै आएपछि कांग्रेस नेताहरु छलफलमा जुटेका हुन् ।

पौडेल पक्ष नेताहरुले सभापति शेरबहादुर देउवाले आफनो कार्यकाल लम्ब्याउन खोजेको, भातृ संगठनहरु नेपाल बिद्यार्थी संघ र तरुणदल लगायतमा नेतृत्व चयन एकपक्षीय रुपमा गर्न खोजेको भन्दै गत हप्तादेखि बसेको बैठक बहिष्कार गर्दै आएका छन ।

पौडेल पक्षले महाधिबेशनको कार्यतालिका ल्याइनु पर्ने र भातृसंगठन लगायतका बिषयमा बिवाद समाधान गरिनु पर्ने अडान राख्दै आएको छ ।

यद्यपि बिवादहरु साँघुरिदै गएको र दुबै पक्ष सहमति नजिक पुगेकाले आजको बैठकमा पौडेल सहितका नेताहरु सहभागी हुने कांग्रेस नेताहरुले बताएका छन् ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);