कांग्रेस भित्र गुट विवाद उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

कांग्रेस भित्र गुट विवाद उत्कर्षमा

काठमाडौं, १२ पुस । नेपाली कांग्रेस भित्र गुट विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्षविरुद्ध रामचन्द्र पौडेल पक्ष खुलेरै गुटबन्दीको राजनीतिमा देखिएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिले शुक्रबार गरेको पार्टीको महाधिवेशन तालिका लगायत विभाग विस्तारको निर्णयलाई पौडेल पक्षधरले नमान्ने घोषणा गरेका छन् ।

१४ औं महाधिवेशन लगायतका विषयमा सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले विधान मिचेर निर्णयहरू गरेको आरोप लगाउँदै पौडेल समूहले निर्णय सच्याउन माग गरेका छन् ।

कांग्रेसको शुक्रवार बसेका केन्द्रिय समिति बैठकले पौडेल पक्षधरको अनुपस्थीतिमा पार्टीको महाधिबेसन २०७७ साल फागुन ७ देखी १० सम्म गर्ने, तरुणदलको म्याद ६ महिना थप र बिभागलाई २८ बाट बढाएर ४७ बनाउने लगाएतका निर्णय गरेको थियो ।

संस्थापन पक्षले गरेको यो निर्णय पार्टीको बिधि बिधान बिपरित बहुमतको आधारमा आएको भन्दै निर्णय नमान्ने पौडेल पक्षधरका नेताहरुको बैठकले निर्णय गरेको छ । केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने निर्णय महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगंजमा बसेर भएको हो ।

संस्थापन पक्षले एकलौटी तरिकाले गरेको महाधिबेशनको मिति, बिभाग थप जस्ता महत्वपुर्ण निर्णयले पार्टीलाई थप धरासयी बनाउने भएकाले यस्ता निर्णय सच्याउनुपर्ने संस्थापन इतर समुहको माग रहेको छ ।

तर संस्थापन पक्षका नेताहरु भने सहमतीका लागी पटक पटक प्रयास गरिए पनि संस्थापन इतर समुह बैठक नै बहिस्कार गरि निर्वाचित नेतृत्वलाई काम गर्ने बाताबरण नदिएकाले बहुमतका आधारमा निर्णय गर्न बाध्य भएको बताउँछन् ।

पार्टीको बिधानमा रहेको ब्यबस्था अनुसार नै शुक्रवारको निर्णय गरिएकाले यसलाई स्वीकार्दै अगाढी जानुको बिकल्प नरहेको नेपाली कांग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठको भनाइ छ ।

यसरी नेपाली कांग्रेस भित्र अहिले निर्णयको पक्ष बिपक्षमा चर्को बहस भइरहेको छ । निर्णय नसच्याय देशैभरका कार्यकर्ता नेताहरुसँग सुझाब लिएर आगामी कदम चाल्ने तयारी सस्ंथापन इतर समुहको छ भने संथापन पक्ष आफ्नो निर्णय सहि भएको दाबी गरिरहेको छ ।

यस्तो अवस्थामा तत्कालै कांग्रेस भित्रको बिबाद साम्य हुने देखीदैन । यसले पार्टीलाई कमजोर बनाउने भएकाले दुवै पक्ष सहमतिमा जानुपर्ने पार्टीका महामन्त्री डा. शशांक कोइरालाको सुझाब छ ।

कांग्रेसको पछिल्लो निर्णय र त्यसलाई पौडेल पक्षको इन्कारले लोकतान्त्रीक पार्टी अलोकतान्त्रिक गतिविधि हावी भएको प्रष्ट देखिन्छ । महाधिवेशनबाट निर्वाचित पार्टीको केन्द्रीय समितिको बैठक बहिष्कार गरिनु, निर्वाचित नेतृत्वलाई कामै गर्न नदिनु र सभापतिमा पराजित व्यक्तिले निर्वाचित सभापति विरुद्ध गुटबन्दी गर्नुले कांग्रेसको विधि र विधान माथि नै प्रश्न उठेको छ ।

सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला लगायतका नेताहरु नै यसरी केन्द्रीय समिति बैठक बहिष्कार गर्ने र बैठकले गरेको निर्णयलाई नमान्ने घोषणा गर्नुले कांग्रेस नेतृत्व भित्र अनुशासनहिनताको सीमा नाघेको छ कतिपयको बुझाई छ ।

सभापतिले विधान मिचेर निर्णय गरेको आरोप लगाउने नेताहरुले केन्द्रीय समिति बैठकमा उपस्थिति जनाई सशक्त प्रतिवाद गर्न किन सकेनन ? राजनीतिमा चासो राख्नेहरुका मनमा यस्तै प्रश्न उठिरहेको छ ।