सरकारबारे विपक्षीहरुले अनावश्यक भ्रम फैलाए : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सरकारबारे विपक्षीहरुले अनावश्यक भ्रम फैलाए : प्रधानमन्त्री

nepal priminister

काठमाडौं, १२ पुस । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकार र आफ्नो पार्टीबारे विपक्षी दल काँग्रेससहित विरोधी शक्तिहरुले अनावश्यक भ्रम फैलाइरहेको आरोप लगाउनु भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रह कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो आरोप लगाउनु भएको हो ।

काँग्रेस नेतृत्वको सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताउनु भयो । विगतमा स्थिर सरकार नहुँदा नै देश विकास हुन नसकेको उल्लेख गर्दै ओलीले अहिले नेकपाले बहुमत ल्याएर सबै ध्यान आर्थिक समृद्धिमा केन्द्रीत गर्दा पनि विरोध भइरहेको बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले गोकर्ण फरेष्ट रिसोर्टबारे कानुन अनुसार नै लिज अवधि थपिएको भन्दै सरकारले गरेको निर्णयको बचाउ गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);