राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ हुन् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ हुन् : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिनु भएको छ । प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भनेर केहीले मुर्खतापूर्ण अभिव्यक्ति दिईरहेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।

उहाँले देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नु भयो । शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।

उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिनु भयो । प्रधानमन्त्री ओलीले सरकार मुलुकको शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको दावी पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले बेरोजगारी समस्या समाधानको बाटोमा सरकार लागि परेको बताउनु भयो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बेरोजगारी समस्या समाधानका लागि नै सुरुवात गरिएको कार्यक्रम भएको प्रधानमन्त्री ओलीको स्पष्टिकरण छ । प्रधानमन्त्री ओलीले ४० लाख युवाहरु वैदेशिक रोजगारमा रहेकाले उनीहरुलाई देश भित्रै रोजगारीको अवसर सृजना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सबै नागरिकलाई सुरक्षा गर्नेगरी सरकारले आवश्यक सामाजिक सुरक्षाको प्रबन्ध गरिरहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवाहरुलाई देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गरेको बताउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);