भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्नेः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्नेः प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहेपनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । शनिबार संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै उक्तकुरा बताउनु भएको हो ।

भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको दावी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७ सय ९२ मुद्दा चलाएकोर राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबिरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको विगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको प्रधानमन्त्रीले तथ्यांक प्रस्तुत गर्नु भयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताउनु भयो । कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार गरिएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको स्वीकार गर्दै महामारी भए पनि विश्वका अधिकांश देशमा जस्तो नेपालमा आर्थिक असर नपरेको दावी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);