चिसोले काठमाडाैं लगाएत देशैभरको जनजिवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चिसोले काठमाडाैं लगाएत देशैभरको जनजिवन कष्टकर

chiso

काठमाडौं, १२ पुस । पश्चिमी जेड स्ट्रिमका कारण काठमाडौँ लगायत देशभर केही दिन यतादेखि लगातार चिसो बढेको छ । चिसो बढेसंगै तराईका जिल्लाहरुमा शीतहरले जनजीवन कष्टपूर्ण बनेको छ ।

लगातार बढेको चिसोका कारण उपत्यका लगायत देशभरको जनजिवन कष्टकर बनेको हो । शनिबार उपत्यकामा मात्रै तापक्रम ०.६ डिग्री सेल्सिसमा झरेको छ । उपत्यकाको शनिबारको तापक्रम यो बर्षकै न्युन रहेको मौषम पूर्व अनुमान महाशाखाले जनाएको छ ।

शनिबार मुलुकभर सबैभन्दा न्युन तापक्रम जुम्लामा माइनस ६ डिग्री सेल्सियस पुगेको छ भने तराई क्षेत्रमा पनि ७ डिग्री सेल्सियस भन्दा तल नै रहेको छ । बाक्लो तुसारोसँगै बढेको चिसो हावाले सर्वसाधारणले निक्कै जाडो भएको महसुस गरेका छन् ।

चिसोका कारण अस्पताल आउने विरामीको संख्या पनि बढ्दै गएको छ । विशेषगरी रुघाखोकी, ज्वरो, निमोनिया, टाइफाईका विरामी बढ्दै गएका हुन् । उपत्यकामा तुसारो पर्नुका साथै तराई क्षेत्रमा शितलहर चल्दा सर्वसाधारण आगो सहारा लिइरहेका छन् । यो समय जाडोको मध्य समय भएको हुनाले तापक्रम घट्ने क्रम भने मंगलबारसम्मै जारी रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी ध्रु्रवीयबाट जेड स्ट्रिम नेपालतर्फ बहेको अवस्थामा नेपालमा अझै चिसो हावा चल्ने महाशाखाको भनाई छ । चिसो अझ बढ्ने हुँदा उपत्यका लगायत देशैभरीका सर्वसाधारणलाई सुरक्षित रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । नागरिक समाज तथा प्रहरीले विभिन्न स्थानमा सडकमा बस्ने मानिसलाई आश्रय दिनुका साथै तराईका जिल्लाहरुमा कम्बल बाँड्ने काम भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);