काठमाडौंमा आज वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौंमा आज वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड

काठमाडौं,२३ पुष । आज यो बर्षकै सबैभन्दा चिसो, न्युनतम तापक्रम १ डिग्री सेल्सियसबाट तल झ¥यो, तराईमा शितलहरका कारण ज्यान गुमाउनेको संख्या बढ्दै ।

काठमाडौंमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।

काठमाडौंको तापक्रम आज १ डिग्री सेल्सियसबाट झरेर शुन्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको हो । काठमाडौंको तापक्रम गत शुक्रबार एक दशमलव ५ डिग्री मापन गरिएको थियो । गएको वर्ष माघ १ गते काठमाडौंका न्युनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्मकै कम अर्थात माइनस ३ दशमलव ५ डिग्रीमा झरेको तथ्यांक छ । पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौसमविद्ले बताएका छन् । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । तराईका जिल्लामा लगातारको शितलहरका कारण जनजीवन कष्टकर बनेको छ । चिसोका कारण ज्यान गुमाउनेको संख्या बढेको छ । सिरहामा केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक बालकसहित तीन जनाको मृत्यु भएको छ । चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ का शम्भु साहका छ वर्षीय छोरा लभकुमार साह, गोलबजार–२ का ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको हो । एक सातादेखि बन्द विद्यालयहरु दिउसोको समयमा पनि घाम नलागेपछि थप चार दिनका लागि बन्द गरिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);