काठमाडौँको न्युनतम तापक्रम यस वर्षकै कम | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

काठमाडौँको न्युनतम तापक्रम यस वर्षकै कम

weather

काठमाडौं, ११ पुष । काठमाडौँ उपत्यकामा शनिबार वर्षकै धेरै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम रहेको छ । काठमाडौँ उपत्यकको न्युनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागका अनुसार अबको केही दिन देशभरको तापक्रम निरन्तर ओरालो लाग्ने र काठमाडौँ उपत्यकामा न्युनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने छ ।

विभागले सूचना जारी गर्दै चिसो रहिरहने तथा तराई लगायत कतिपय पहाडी भूभागका केही स्थानमा विहनीपख हुस्सु कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागले शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

ताजा समाचार