देशभरी चिसो बढ्यो, आज यो वर्षकै सबैभन्दा जाडो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ५ मंसिर । मंसिर सुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभरी नै अत्यधिक चिसो बढ्दै गएको छ। काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको हो । राती आकाश खुलेको तथा जाडो महिना सुरु भैसकेकाले देशभरी कै न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका हुन्।

अब देशभरी नै विस्तारै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै जानेछ । गएको २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);