काठमाडौंको तापक्रम यो वर्षकै कम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौंको तापक्रम यो वर्षकै कम

tapkram

काठमाडौं,१९ पुस । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलभ २ डिग्री सेल्सियसमा झरेको मौसमविद विभूति पोख्रेलले जानकारी दिनुभयो । यसअघि पुस १ गते २ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम त्यसयता भने बढ्दै गएको थियो । राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद पोख्रेलको भनाई छ ।

यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्रीमा झरेको छ । गएको वर्ष यो समयमा माइनस ३ दशमलव ६ डिग्री रहेको जुम्लाको तापक्रम बुधबार बिहान माइनस् ५ दशमलव ८ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै जोमसोमको मंगलबारको न्यूनतम तापक्रम माइनस २ दशमलव २ र जीरीको माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै देशभरि नै चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभावले बुधबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);