ट्याक्टरले ठक्कर दिँदा साईकलमा सवार युवतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कपिलवस्तु, ५ मंसिर । ट्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नं. २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नंको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो।

क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पुर्याएपछि साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो। ठक्कर दिने ट्याक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);